Wednesday, January 22, 2025

ट्रेन्डिङ :

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो- गृहमन्त्री लेखक

spot_img
spot_img
spot_img

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आयोजना गरेको घेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने बताएका हुन् ।

लोकतन्त्रमा जनताका अधिकारहरुको सुरक्षा गर्ने,स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था भएकाले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्ने उनले बताए ।

मुलुकमा तीन-तीन महिनामा संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिइराख्नुपर्ने अवस्था सिर्जना भएकाले संसदका दुई ठुला दल मिलेर सरकार बनेको उनको भनाई थियो । उनले जनजिविकाको सवाल र मुलुकमा आर्थिक उन्नती गर्ने सवालमा सरकार क्रियाशिल भएर लागेको बताए  ।

देशमा विधिको शासन कायम गर्न सरकार पूर्ण रुपले लागि परेको उनको भनाई थियो । उनले पछिल्लो सयम अपराधजन्य घटनाहरु वृद्धि भइरहेको बताए । लागुऔषध अहिले सबैभन्दा ठुलो समस्याको रुपमा देखिएको छ,युवाहरु लागुऔषधका कारण अपराधजन्य क्रियाकलाप भइराखेका छन यी समस्याहरुलाई पनि गहिरो ढंगले अध्ययन गरेर अगाढी बढ्नुपर्ने अवस्था छ रहेको उनको भनाई थियो । त्यसैगरी कार्यक्रममा बोल्दै उनले शुसासन कायम राख्न र भ्रष्टाचार न्युनिकरण गर्न सरकारले अत्यन्तै मेहनतका साथ काम गरिराखेको बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?