काठमाडौं, ११ मंशिर । न्याय परिषद्को बैठक जारी छ ।
सर्वोच्च र उच्च अदालतका रिक्त न्यायाधीश पद नियुक्ति र सिफारिसका लागि न्याय परिषद्को बैठक बसिरहेको हो ।
सर्वोच्चमा ४ जना र उच्चमा १७ जना न्यायधिसको पद रिक्त रहेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्व परिषद्को बैठकले रिक्त पदमा न्यायाधीश नियुक्तिको सिफारिस गर्ने जनाइएको छ ।