दुबइ, १२ मंसिर । भारतले आयोजक राष्ट्र पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) थप निर्णयमा पुग्नु पर्ने भएको छ ।
जसका कारण सन २०२५ को च्याम्पियन्स ट्रफीको भाग्य निर्धारण गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) यस हप्ता बैठक बस्नेछ ।
यस महिनाको सुरूवातमा भारतको आईसीसीले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई भारतले ८ टोलीको प्रतिस्पर्धाका लागि पाकिस्तान भ्रमण नगर्ने बताएको थियो, जसले गर्दा प्रतियोगिताको भविश्य संकटमा परेको छ ।
दुबईमा रहेको आईसीसीका प्रवक्ताले थप विवरणहरू उपलब्ध नगराइकन आगामी शुक्रबार आईसीसीको बैठकमा यो मुद्दा एजेन्डामा हुने पुष्टि गरेका छन् ।
पीसीबीले पहिले नै भारतलाई तटस्थ तेस्रो देशमा खेल्न अनुमति दिने प्रस्तावलाई अस्वीकार गरिसकेको छ । आगामी फेब्रुअरी १९ देखि मार्च ९ सम्मको पूर्ण तालिका उनीहरूको मैदानमा हुनु पर्ने भनिरहेको छ । तर, भारतको क्रिकेट बोर्डले प्रतियोगिताबारे कुनै प्रतिक्रिया दिएको छैन।
बिग्रिएको राजनैतिक सम्बन्धको अर्थ कटु प्रतिद्वन्द्वी भारत र पाकिस्तानले एक दशकभन्दा बढी समयदेखि द्विपक्षीय क्रिकेट शृंखला खेलेका छैनन् । सन् २००९ मा लाहोरमा श्रीलंकाली टोलीको बसमा भएको आक्रमणपछि टोलीले भ्रमण गर्न अस्वीकार गरेपछि पाकिस्तानले घरेलु मैदानमा वर्षौंसम्म खेलेको छैन ।
गत वर्ष पनि एसिया कप पाकिस्तानले आयोजना गर्दा भारतका खेलहरू देशबाहिर खेलिएका थिए। तर पाकिस्तानी क्रिकेट प्रमुखहरूले अष्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिका लगायतका शीर्ष टोलीहरूको भर्खरै सफल आयोजना गरेको भन्दै च्याम्पियन्स ट्रफीको सुरक्षाको डरलाई अस्वीकार गरेका छन्।