Sunday, September 8, 2024

ट्रेन्डिङ :

भारतले एकपक्षीयरुपमा खोल्यो जोगबनी नाका

विराटनगर– नेपालीपक्षसँग समन्वय नै नगरी भारतले एकपक्षस्य रुपमा विराटनगरको सिमावर्ती जोगबनी नाका खोलेपछि सिमामा सुरक्षा सतर्कता बढाइएको छ । नाका खोलिएपछि भारतबाट अनधिकृत रुपमा नेपाल प्रवेश गर्ने सम्भावना बढेकोले सुरक्षा सतर्कता बढाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनुभयो ।

उहाँले भारतबाट प्रवेश गर्ने नेपालीहरुलाई पुरानै प्रक्रिया अनुसार होल्डिङ सेन्टरमा राखेर मात्र होम क्वारेण्टाइनमा बस्ने गरी भित्रिन दिने गरिएको बताउनुभयो । नेपाल सरकारले कार्तिक ३० गते सम्म अन्तराष्ट्रिय सिमा बन्द गर्ने निर्णय गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?