मुम्बइ, २५ मंसिर । धर्मेन्द्र र उनीसँगै दुई जनालाई दिल्लीको पटियाला हाउस कोर्टले बोलाएको छ।
दिल्लीका एक व्यापारीले गरम धर्म ढाबाको फ्रेन्चाइजी मामिलामा आफूलाई ठगी गरेको आरोपमा दायर गरेको उजुरीका आधारमा अदालतले बलिउड अभिनेतालाइ बोलाएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार व्यापारी सुशील कुमारको उजुरीपछि न्यायिक मजिस्ट्रेट यशदीप चहलले धर्मेन्द्रलाइ सो समन पठाएका हुन् । उजुरीकर्ताले आफूलाई गरम धरम ढाबामा लगानी गर्न लगाएको झुक्याएको आरोप लगाएका छन ।
न्यायाधीशले नोभेम्मबर दिसम्बर ५ मा पहिलो अनुसन्धानमा उजुरीकर्ताले दिएको प्रमाण रहेको बताए । अभियुक्तले आफ्नो फाइदाका लागि उजुरीकर्तालाई उक्साएर ठगी गरेको देखाएको छ । अदालतले धर्मेन्द्र र अन्य दुईलाई ठगीको धारा ४२०, षड्यन्त्रको १०२ बी, र आईपीसीको धारा ३४ अन्तर्गत समान अपराधको लागि अदालतमा पेश गर्न भनेको छ ।
अदालतले गरम धरम ढाबाको लोगोसहितको आशय पत्र र अन्य कागजातले उक्त कारोवारमा रेस्टुरेन्ट संलग्न रहेको देखाएको पनि बताएको छ ।
पूरै कुरा के हो भने उजुरीकर्ता सुशील कुमारलाई अप्रिल २०१८ मा धर्मेन्द्रसँग संलग्न अन्य दुई व्यक्तिले सम्पर्क गरेका थिए। सुशीललाई उत्तर प्रदेशको एनएच ९ र एन एच २४ मा गरम धरम ढाबाको फ्रेन्चाइजी खोल्न प्रस्ताव गरिएको थियो। उजुरीकर्तालाई क्यानट प्लेस, दिल्ली र मुर्थल, हरियाणामा रहेको रेष्टुरेन्टका शाखाबाट मासिक ७० देखि ८० लाख रुपैयाँसम्मको कारोबार हुने बहानामा फ्रेन्चाइजीमा लगानी गर्न प्रलोभनमा राखिएको थियो।
आफूले ४१ लाख रुपैयाँ लगानी गर्नुपर्ने र लगानीमा ७ प्रतिशत नाफा दिने आश्वासन दिएको उजुरीकर्ताले बताए । गरम धरम ढाबा फ्रेन्चाइज प्रकरणका आरोपीसँग पटक पटक भेटघाट र इमेल गरेपछि करसहित ६३ लाख रुपैयाँ लगानी गर्न र व्यवसायका लागि जग्गा मिलाउन भनिएको उजुरीकर्ताले आरोप लगाएका छन् ।
उजुरीकर्ताले भने गत २२ सेप्टेम्बर २०१८ मा एक आशय पत्रमा हस्ताक्षर गरिएको थियो। जसमा व्यवसायका सबै सर्तहरू लेखिएको थियो। उजुरीकर्ता सुशीलले चेकमार्फत करिब १८ लाख रुपैयाँ तिरेका थिए । अभियुक्तले उनलाई नगद दिए र त्यसपछि उजुरीकर्तालाई भेट्न र उनको कलको जवाफ दिन बन्द गरेका थिए ।
सन् २०१८ नोभेम्बरमा जग्गा खरिद गरिएको थियो तर जग्गाको कहिल्यै निरीक्षण भने भएन । जसका कारण आफू ठगी भएको उजुरीकर्ताको आरोप छ ।मुद्दाको सुनुवाई २० फेब्रुअरी २०२५ मा हुनेछ।