Sunday, December 22, 2024
spot_img

ट्रेन्डिङ :

हनि ट्रयाप मुद्धामा फसेकी भैसेपाटीकी इनिस्पेक्टर अदालतमा उपस्थित

spot_img
spot_img
spot_img

काठमाडौं, ७ पुस । हालसम्म फराम रहदैँ आएकी निलम्बित प्रहरी निरीक्षक बिनु शाही अदालतमा उपस्थित भएकी छन् ।

यसअघि फरार रहदैँ आएकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी हुन् ।

ललितपुर, भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर २० लाख रुपैयाँ असुलेको घटनामा उनी मुछिएकी थिइन । सो रहस्य खुले पछि शाहीलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो ।

घरजग्गा कारोबारीलाई  ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैँसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम र भिमादेवी थापा भने यसअघि नै पक्राउ परिसकेका छन ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?