काठमाडौं, ८ मंसीर । सेयर बजार सामान्य अंकले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से परिसूचक) आज २८.९१ अङ्क अर्थात् १.११ प्रतिशतले बढेको हो ।
आज भएको कारोबार २ हजार ६ सय १२ दशमलव २० विन्दुमा पुगेर अडिएको छ।
जसअनुसार आज विभिन्न ३ सय २८ कम्पनीका ८९ लाख ८ हजार ८ सय ५१ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३ रुपैयाँमा कारोबार भएको छ।