काठमाडौं, १० पुस । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ ।
च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बस्ने उक्त सचिवालय बैठकले समसमायिक राजनीतिक बिषय तथा आगामी केन्द्रिय कमिटीको मिति र बैठकको अजेन्डा तय गर्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरु हुनेछ ।
सम्भवतः पुस २० र २१ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गर्ने भएकाले सो बैठक बोलाईएको हो ।