वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा प्रवेश गराउन दुवै पक्षले बार्ता टोली बनाएका छन ।
गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियान र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी बिच पार्टी एकीकरणका लागि दुवै टोलीले बार्ता समिति बनाएका हुन ।
गौतमका तर्फवाट अभियानका महासचिव डीबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय वार्ता कमिटी गठन भएको छ भने एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटा सदस्य रहेको बार्ता समिति बनाएका छन ।
दुवै वार्ता टोलीले तय गरेको सैद्धान्तिक र नेतृत्वको बिषयमा सहमति जुटे पछि एकता गर्ने गरी कुराकानी अघि बढिरहेको छ । हालै बसेको नेकपा एसको स्थायी समिति बैठकले गौतमलाई तेस्रो मर्यादाक्रममा राख्ने भनेर बाटो खुल्ला राखेको छ ।