Sunday, September 8, 2024

ट्रेन्डिङ :

विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म

काठमाडौं- आश्विन शुक्ल एकादशीका दिन मंगलबार पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादसैँ पर्व भव्य रूपमा मनाउने गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ । यस वर्ष भने कोरोना भाइरसको संक्रमणका कारण मान्यजनबाट टीका लगाउन जानेको चहलपहल विगत वर्षमा जस्ताे छैन । नजिकको परिवारका सदस्यबीच टीकाटालाे गरी यस वर्षको दसैँ मनाइँदै छ ।

कोरोनाकै कारण यस वर्ष दसैँ मनाउन राजधानीबाहिर जाने पनि कम नै देखिए । सडकमा विगत वर्षका जति सवारी गुडेनन् । नजिकको परिवारका सदस्य पनि कामविशेष टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरू हुन्छन् । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा विजयादशमी मनाउन सुरु गरिएको शास्त्रीय मान्यता छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?