Sunday, September 8, 2024

ट्रेन्डिङ :

दार्चुलाको कम्युनिस्ट आन्दोलनका सस्थापक नेता वीरबहादुर ठगुन्नाको निधन

काठमाडौं : कात्तिक १२, दार्चुला जिल्लाका कम्युनिस्ट आन्दोलनका सस्थापक नेता तथा सत्तारूढ नेकपाका नेता वीरबहादुर ठगुन्नाको निधन भएको छ । केही समयदेखि स्वास्थमा समस्या आएका नेता ठगुन्नाको मृत्यु भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । बझाङको श्री महादेव मावि आठपालीमा प्राध्यापक रहेका नेता ठगुन्ना दार्चुलामा कम्युनिस्ट आन्दोलनको स्थापना गर्न निजामती सेवा त्यागेर राजनीतिमा होमिएका थिए । अहिलेका सत्तारूढ नेकपाका सुदूरपश्चिम प्रदेशका सह इन्चार्ज लक्ष्मणदत्त जोशी र नेकपाका अर्का केन्द्रीय सदस्य तथा दार्चुला जिल्लाबाट प्रतिनिधि सभाका सदस्य रहेका गणेश ठगुन्नालगायतका नेताहरू पनि नेता वीरबहादुर ठगुन्नाको राजनीतिक चेला रहेका थिए । नेता वीरबहादुर ठगुन्नाले तत्कालीन नेकपा एमाले दार्चुलाको पार्टी जिल्ला सचिवको नेतृत्व गरेको बेला पार्टी सगठनलाइ जनस्तरमा स्थापित गराएका थिए । उनी दार्चुला जिल्लाको कम्युनिस्ट आन्दोलनका शीर्ष तथा मुर्धन्य नेताका रूपमा स्थापित रहेका छन् । उनी इमानदार र स्वच्छ छविका नेताका रूपमा चिनिन्छन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?