Sunday, September 8, 2024

ट्रेन्डिङ :

टोटनह्याम युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा पराजित

एजेन्सी- जोसे मोरिन्होको टिम टोटनह्याम युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा पराजित भएको छ । समूह चरणको पहिलो खेलमा विजयी भएको टोटनह्याम अवे मैदानमा बिहीबार राति भएको खेलमा भने पराजित भयो । बेन डेविसको गल्तीले रोयल एन्टवेर्पलाई जितका लागि सहयोग गरेको हो ।

टोटनह्यामबाट २०० औँ खेलमा सहभागी भएका बेनलाई सहजै छक्याएर डिएमरिक एमबोकानीले दिएको पासलाई लिओर रेफाएलोभले गोलमा परिणत गरेका हुन् । लिओरले २९ औँ मिनेटमा गरेको गोल नै रोयलको जितमा निर्णायक बन्यो ।

लगातार दुई खेलमा जित निकालेको रोयल ६ अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ । सोही समूह अन्तर्गत भएको खेलमा एलएएसकेले लुडोगोरेट्सलाई ४-३ ले पराजित गरेको छ ।

अरु खेलमा आरजेड पेलेट्स डब्लुएसीले फेयेनूर्डलाई ४-१, रेड स्टार बेलग्राडेले स्लोभान लिबेरिकलाई ५-१, होफेनहेमले केएए जेन्टलाई ४-१, स्पोर्टिङ्ग ब्रागले जोर्या लुहान्स्कलाई २-१, एसी मिलानले स्पार्ता प्रागलाई ३-०, भिल्ला रियलले एफके क्वाराबागलाई ३-१ तथा माकाबी तेल अविवले सिभास्पोरलाई २-१ ले पराजित गरेका छन् । सिएसकेए मस्को र डिनामो जाग्रेबले गोलरहित बराबरी खेलेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?