Sunday, September 8, 2024

ट्रेन्डिङ :

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी र चिकित्सकलाई कोरोना संक्रमण

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका पदाधिकारी र चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका पदाधिकारी रजिष्ट्रार विश्वराज काफ्ले, शिक्षाध्यक्ष डा. निरेश थापालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरू सूर्यमान लिम्बू, धीरेन्द्र काफ्ले, अनुप मंगल समाललाई कोरोना संक्रमण देखिएको हो । संक्रमणको लक्षण देखिएपछि बिहीबार प्रतिष्ठानकै ल्याबमा कोरोना परीक्षण गर्दा पुष्टि भएको हो ।

प्रतिष्ठानका रजिष्ट्रार काफ्लेका अनुसार दुई दिनअघिदेखि ज्वरो आउने र शरीर दुख्ने भएको थियो । बिहीबार पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पजिटिभ आएको हो । उनले कोभिडबाट बच्न सकेसम्म सजगता अपनाउँदाअपनाउँदै पनि संक्रमण देखिन पुगेको बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?