Wednesday, January 15, 2025

ट्रेन्डिङ :

प्रस्तावित राजदूतहरुकाे सुनुवाई कात्तिक २७ गते

spot_img
spot_img
spot_img

काठमाडौँ– युवराज खतिवडा सहित प्रस्तावित तीन राजदूतहरुको संसदीय सुनुवाई कात्तिक २७ गते लाइ तोकिएको छ । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि सरकारले प्रस्ताव गरेको राजदूतविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि संसदीय सुनुवाई समितिले सोमबार सुनुवाईको मिति तय गरेको हो ।

समितिले कुनै पनि उजुरीकर्ता समितिमा नगएपछि १० दिन पछिका लागि सुनुवाईको मिति तय गरेको हो । मन्त्रिपरिषदको गएको गत असोज १६ गते बसेको बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?