Friday, October 18, 2024

ट्रेन्डिङ :

अब अनलाइनबाटै वैदेशिक रोजगार कल्याणकारी कोषको रकम जम्मा गर्न सकिने

काठमाडौँ- सेवाग्राहीले सजिलै सेवा लिन सकुन् र बोर्डको सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले कल्याणकारी कोषको रकम अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न अनुमित प्राप्त इसेवा फोन पे प्रालि र स्प्यारो पे प्रालिमार्फत सरल र सहजरुपमा कोषको रकम भुक्तानी गर्न सकिने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारीमा जाने कामदारले करार अवधि तीन वर्षको भएमा रु एक हजार ५०० र तीन वर्षभन्दा बढी भएमा रु दुई हजार ५०० कोषमा जम्मा गर्नुपर्छ ।

भुक्तानी सेवा प्रदायकबाट सेवा लिएबापत सेवाग्राहीले कुनै पनि थप शुल्क तिर्नु नपर्ने बोर्डले प्रष्ट पारेको छ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?