Sunday, September 8, 2024

ट्रेन्डिङ :

बैतडी डाडाबाग विद्यालयका प्रधानाध्यापक गोबिन्द घरडी मृत फेला

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिका २ स्थित डाडाबाग आधारभुत विद्यालय कपट्टाका प्रधानाध्यापक ४५ वर्षीय गोबिन्द घरडी मृत फेला परेका छन् । ४५ बर्षीय प्रधानाध्यापक घरडी दार्चुलाको शैल्यशिखर नगरपालिका ९ शिवपुरी धाम नजिक मृत फेला परेका हुन् ।

मृतक घरडीको शरिरमा निलडाम र घाउ रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिह साउँदले जानकारी दिए । यसका साथै उहाँको साथमा नगद ८५ हजार समेत भेटिएको छ । प्रधानाध्यापक घरडी हिजो तलब बुझ्न भनि गोकुलेश्वर गएका बुझिएको छ ।

घरडीसंगै रहेका अन्य ४ जना शिक्षक पनि तलब बुझ्न आएको भएपनि उनीहरु हिजो नै घर फर्किएको बताइएको छ । घरडी घर नफर्केपछि खोजी गर्दा मंगलबार बिहान ७ बजे मृत अवस्थामा फेला परेका हुन् । घरडीको कसैले हत्या गरेको हुनसक्ने आफन्तको आशंका रहेको छ । प्रहरीको टोली घटनास्थलमा पुगि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबिच मृतकको आफन्तले महाकाली राजमार्ग अवरुद्ध पारेका छन् । घटनाको सत्यतथ्य छानबिनको माग गर्दै उनीहरुले गोकुलेश्वरमा टायर बालेर राजमार्ग अवरुद्ध पारेका हुन् । घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने आफन्तको माग रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?