काठमाडौं : कात्तिक २०, पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी भएको बताएका छन् । बुधवार साँझ सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई पश्चगामी सोच राख्ने चतुर खेलाडी भएको बताएका हुन् । उनले सत्तारुढ नेकपाभित्रको लडाइँ अग्रगामी र पश्चगामीबीचको भएको टिप्पणीसमेत गरे ।
‘ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी हुन् । संविधानसभामा अग्रगामी एजेण्डा निस्तेज पार्न माओवादी–मधेसवादी विरुद्ध नेपाली कांग्रेससँग सहकार्य गरे । पछि सत्तानिम्ति चुनावमा नेकाविरूद्ध माओवादीसँग एकता गरे । अहिले ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेछ अब सबैले सोचौँ !’ उनले लेखेका छन् ।
प्रधानमन्त्रीले फोन गरेर आफूलाई स्वास्थ्य लाभको शुभकामना दिएपछि उनले धन्यवाद दिएका छन् । उनले सत्तारुढ नेकपाभित्रको किचलो अध्यक्षबीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहिरो वैचारिक–राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै भएको बताएका छन् । सत्तारुढ नेकपाभित्रको किचलो रूपमा दुई अध्यक्षबीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहिरो वैचारिक–राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै हो।यो अन्तर्यमा अग्रगमन र पश्चगमन बीचको लडाइँ हो