Sunday, September 8, 2024

ट्रेन्डिङ :

भारतीय सेना अध्यक्ष नरवणेले लिए मानार्थ महारथीको उपाधि

काठमाडौं : कात्तिक २०, तीनदिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको उपाधि लिएका छन्। बिहीबार अपरान्ह राष्ट्रपति कार्यालयमा आयोजित विषेश कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि दिएकी हुन्।

भारत र नेपालका प्रधानसेनापति एक अर्काको देशका मानार्थ महारथी हुने चलन रहेको छ। यही चलनलाई निरन्तरता दिन नरवणे बुधबार नेपाल आइपुगेका हुन्। उनी शुक्रबार स्वदेश फर्कने छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?