Sunday, September 8, 2024

ट्रेन्डिङ :

काँग्रेसका शीर्ष नेताहरुको बैठक आज पनि निष्कर्षविहीन

काठमाडौं : कात्तिक २१, नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक आज पनि बिना निष्कर्ष टुंगिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो १ बजेको देखि ४ बजेसम्म चलेको बैठक आज पनि निष्कर्षमा पुग्न सकेन । चौथो दिन पनि नेताहरुले धारणा राखेरै बैठक टुंगिएको छ ।

आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता बलबहादुर केसी, रामशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, देउवा पक्षका एनपी साउदलगायतले धारणा राखेका थिए  जारी बैठकमा पौडेल पक्षीय नेताहरूले पार्टीको केन्द्रीय कार्यालयमा दर्ता गराएको १६ बुँदे ज्ञापनपत्रको पक्षमा धारणा राखेका थिए । संस्थापन पक्षीय नेताहरूले भने त्यसको प्रतिवाद गरेका थिए ।

पौडेल पक्षले क्रियाशील सदस्यता, केन्द्रीय विभागको गठन, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका विषयमा विधान विपरीत निर्णय भएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको थियो । तर संस्थापन पक्षले भने सबै निर्णय विधान सम्मत भएको बताएको थियो । यस्तै बैठकमा पार्टीको १४ औं महाधिवेशनका सम्बन्धमा पनि छलफल भएको थियो ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले महाधिवेशनको तालिका प्रभावित भइसकेकाले संशोधन गरेर जेठमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको छ । पौडैल पक्षले भने अहिल्यै केन्द्रीय महाधिवेशन हुन नसक्ने भनेर जान नहुने बताउँदै आएको छ । नेताहरुले आफ्नो धारण राखेको भन्दै आगामी बैठकले वस्तुस्थिति हेरेर निर्णय लिने महतले जानकारी दिए । बैठक शनिबार पनि बस्नेछ । 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?