Wednesday, December 25, 2024
spot_img

ट्रेन्डिङ :

लेकममा मंसिर ३ गतेदेखि ७ गतेसम्म नि:शुल्क शिविर संचालन हुने

spot_img
spot_img
spot_img

दार्चुला : कात्तिक २३, दार्चुला जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ मा जागृती युवा समाज सर्मोलीले निशुल्क आधारभुत स्वास्थ्य, कृषि र पशु स्वास्थ शिबिर संचालन गर्ने भएको छ । समाज सुधारका लागि युवा एकता अभियानको आयोजनामा लेकम गाउँपालिका वाड नम्बर १ सर्मोलिमा मंसिर ३ गते हुनैनाथ आधारभूत विद्यालय डोविगाउँ, मंसिर ४ गते श्री लटिनाथ आधारभूत विद्यालय चौड बित्थड र पन्चदेब आधारभुत बिद्यालय बिनखाली, मंसिर ५ केदारनाथ आधारभूत बिद्यालय बित्त्थड र मंसिर ६ गते मालिकार्जुन आधारभुत बिद्यालय बण्डोलीमा र मंसिर ८ गते बडिपुर माबि सर्मोलीमा शिबिर संचालन हुने कार्यक्रमका संयोजक दिपक बिष्टले समाजवाद डटटिभीलाई जानकारी दिए ।

आधारभुत स्वास्थ्य शिबिरमा सुगर तथा समान्य रोगहरुका निःशुल्क औषधि बितरण, रक्तचाप जाँच, नियमित औषधि सेवन गर्ने दीर्घ रोगीहरुको लागि औषधि वितरण गरिने, दात कान र घाँटी समस्याको चेक जाँच, चिकित्सकहरुद्वारा कोरोना तथा संक्रमणलगायतका रोगहरु सम्बन्धि सल्लाह सुझाव दिइने, कृषि प्रशिक्षकद्वारा सल्लाह सुझाव तथा परामर्श दिइने साथै माटो परिक्षण, तरकारीको बीउँ बिजन निशुल्क वितरण गरिने, पशु चिकित्सक द्वारा सुझाव सल्लाह तथा परामर्श दिईनुका साथै पशुमा लाग्ने सङ्क्रामक रोगको भ्याक्सिन तथा औषधि बितरण गरिने कार्यक्रमका संयोजक बिष्टले जानकारी दिए ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?