Sunday, September 8, 2024

ट्रेन्डिङ :

ओली सरकारले अस्थीरता र भ्रष्टाचारबाहेक केही दिन सकेन : प्रकाशमान सिंह

काठमाडौं : कात्तिक २३, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको वर्तमान सरकारले अस्थीरता र भ्रष्टाचारबाहेक केही दिन नसकेको आरोप लगाएका छन् । गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा भएको कार्यक्रममा नेता सिंहले कोरोना संक्रमणको महामारीको बेला पनि औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको र लकडाउनका कारण समस्यामा परेकाहरुलाई निःशुल्क खाना खुवाउँदा पनि अवरोध पुर्‍याएको भन्दै सरकारको आलोचना गरे ।

‘दुई तिहाइको बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले अस्थीरताबाहेक के दिन सकेको छ ? पहिले संविधान जारी गर्ने म्यान्डेड दिँदा संविधानसभा भंग गर्‍यो। अहिले पनि संघीयता, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्ने म्यान्डेडअनुसार नेकपा अगाडि बढिरहेको छैन,’ उनले भने । भ्रष्टाचारीको मुख हेर्दिनँ भन्ने प्रधानमन्त्रीकै पार्टीका नेताहरु घोटालामा संलग्न भएको बताए । बालुवाटार जग्गा काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेसको काण्ड, यस्ता भ्रष्टाचारै भ्रष्टाचार गरिरहेको छ । प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नुहुन्छ तर उहाँहरुकै पार्टीका नेताहरु संलग्न भएको घोटालामा उहाँले के गर्नु भएको छ नेतासिंहले प्रश्न गरे । ओली सरकारले स्थीरता दिन नसकेको उनले बताए । उनले प्रश्न गरे ‘हामीले स्थीर सरकार दिन्छौँ भन्नु भएको थियो, अहिले ११, १२ पटकसम्म मन्त्रिपरिषद हेरफेर भयो, के स्थीरता यही हो ?’

नेता सिंहले कोरोनाको महामारीमा सरकार न्यूनतम काम समेत नगरेको र सरकार पछि हट्दै गइरहेको बताए । कोरोनाको महामारी छ, सरकार न्यूनतम काम समेत हामी गर्न सक्दैनौं भनेर पछि हट्दै गइरहेको छ । यो संकटको समयमा न्यूनतम कामसमेत सरकारले नगर्दा जनता अत्यन्त दुःखी भएका छन् नेता सिंहले भने ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?