Sunday, September 8, 2024

ट्रेन्डिङ :

जम्मु कश्मिरमा भारत र पाकिस्तानको बीचमा भिडन्त, २२ जनाको मृत्यु

एजेन्सी : कात्तिक २९, भारत र पाकिस्तानका सेनाबीच जम्मु–कश्मिरमा भिडन्त सर्वसाधारणसहित २२ जनाको मृत्यु भएको छ । शुक्रबार सीमा नियन्त्रण रेखा ‘एलओसी’ मा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा भारततर्फ ५ सुरक्षाकर्मी र ६ सर्वसाधारणको मृत्यु भएको हो । भारतका तीन सैनिक घाइते भएका छन । त्यस्तै भारतीय सेनाले गरेको जवाफी कारबाहीमा पाकिस्तानतर्फ ३ कमान्डरसहित ११ सैनिक मारिएको दावी भारतीय सेनाले गरेको छ । मारिनेमा चार सर्वसाधारण समेत छन । २३ सैनिक घाइते भएका छन् । दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । पाकिस्तानले मोर्टार आक्रमण गरेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाले पाकिस्तानले सर्वसाधारण नागरिकलाई निसाना बनाएको आरोप लगाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?