Wednesday, January 15, 2025

ट्रेन्डिङ :

पूर्वएमाले एकातिर हुन्छ भन्ने भ्रम नपाल्न ओलीलाई नेपालको चेतावनी

spot_img
spot_img
spot_img

काठमाडौं : मंसिर १७, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको बीचमा विवाद चलेर पार्टी फुटको सघारमा पुगेको बेला वरिष्ठ नेता माधवकुमार नेपाल ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले ओलीकै कारण पार्टी ध्वस्त हुन लागेको बताए । त्यस्तै अब पार्टी एकता कसैले तोड्न नसक्ने र तोड्न नदिइने उनले बताए ।

पछिल्लो समय प्रचण्डसँगको जुहारीका क्रममा प्रधानमन्त्री ओलीले पूर्वएमाले खेमाका नेताहरुलाई आलोचना नगर्ने र आफूतिर नजिक ल्याउने रणनीति अपनाउँदै आएका छन् ।

यही सिलसिलामा मंसिर १३ को बैठकमा प्रस्तुत ३८ पृष्ठ लामो प्रस्तावमा पनि प्रधानमन्त्री ओलीले प्रचण्डलाई मात्रै गाली गरेका छन् । र, प्रतिवेदनमा ओलीले माधव नेपाल, झलनाथ खनालहरुलाई फकाउने प्रयास गरेका छन् । यस अतिरिक्त ओली गुटका सबै नेताहरु माधव नेपाल पक्षलाई फकाउनतर्फ लागिरहेका छन् ।

आफ्नो ३८ पन्ने प्रतिवेदनमा ओलीले प्रचण्डलाई स्पष्टरुपमा भनेका छन्, ‘सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको एकजना भए पनि बढी सङ्ख्या छ । बहुमतको त्यो अङ्कगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो ?’

यसरी ओली पक्षले सचिवालयदेखि स्थानीय कमिटीसम्म पूर्वएमालेको बहुमत रहेको बताइरहेकै बेला मंगलबारको बैठकमा वरिष्ठ नेता नेपालले अब पूर्वएमालेहरु एकातिर हुन्छन् भनेर नसोच्न ओलीलाई चेतावनी दिएका हुन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?