Sunday, September 8, 2024

ट्रेन्डिङ :

पार्टी महाधिवेशन तोकेकै समयमा हुन्छ, राजतन्त्र फर्किदैन : पौडेल

तनहुँ : मंसिर १७, नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४ औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्ने बताए ।

प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन भएकाले पार्टीलाई महाधिवेशनबाट नयाँ नेतृत्वबाटै डोहो¥याउन आफू लागिपरहेको उहाँको दावी थियो ।

कार्यक्रममा नेता पौडेलले राजतन्त्र, अधिनायकवाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन पार्टीले सशक्त भूमिका निर्वाह गर्ने समेत प्रतिबद्धता जनाए ।

साथै नेता पौडेलले राजावादीको नाममा भइरहेको प्रदर्शनलाईलक्षित गर्दै वरिष्ठ नेता पौडेलले नेपाल पुनः प्रतिगमनको बाटोतर्फ फर्कन नसक्ने टिप्पणी गरे । “नेपाल पुनः अन्धकारको बाटोमा जान सक्दैन, ठूलो सङ्घर्ष र बलिदानबाट आएको परिवर्तन खेर जान दिँदैनौ,” उनले भने ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?