Sunday, September 8, 2024

ट्रेन्डिङ :

मिलन र अमुदा अभिनित ‘देउन दिलमा दरबन्दी’ सार्वजनिक ( भिडियो )

काठमाडौं- गायिका अस्मिता अधिकारी र गायक उमेश खत्रीको युगल गायनमा रहेको गीत ‘देउन दिलमा दरबन्दी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । देवल भण्डारीको शब्द रहेको यस गीतलाई दिपक शर्माले संगीतवद्द गरेका हुन्। गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा मिलन मिश्र र अमुदा बिस्टको अनस्क्रिन रोमान्स देख्न सकिन्छ। केशब राज भट्टले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन्। भिडियोमा विकाश दहालको सम्पादन रहेको छ। रमेश मिश्र र शोभा मिश्र उत्पादक रहेको भिडियोलाई प्रकाश धितालको निर्देशनमा तयार पारिएको हो। कलाकार मिश्रको अफिसिएल युट्युव च्यानल ‘मिलअमु फिल्म्स’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

अस्ट्रेलियामा बसेर आफ्नो कलाकारितालाई अघि बढाइरहेका मोडेल मिश्रले आफ्नो अभिनयमा निखार ल्याउन सुगठित शरीर बनाउने देखि शर्ट फिल्म मार्फत निकै मेहेनत साथ अघि बढिरहेका छन्। मोडेल मिश्रले यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैमा आग्रह गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?