Sunday, September 8, 2024

ट्रेन्डिङ :

७२.२८ अंकले बढ्यो नेप्से, ७ अर्ब २० करोड ९१ बढीको कारोबार

काठमाडौं, २२ मंसिर । सोमबार सेयर बजार उत्साहजनक तरिकाले बढेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ७२ दशमलव २८ अंकले बढेर २ हजार ४ दशमलव ३९ अंकमा पुगेको हो ।

यसअघिको कारोबार आइतबार १ सय २३ अंकले नेप्से परिसूचक घटेको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने घटेको छ ।

तर कारोबार हुने कम्पनीको संख्या भने बढेको छ । राष्ट्र बैंकको मौद्रिक समीक्षालाई लिएर ऐतिहासिक बिन्दुले घटेको सेयर बजारले एकै दिनमा लय समातेको छ ।

आइतबार बजारमा ट्रिपल डिजिटको गिरावटपछि राष्ट्र बैंकले वित्तीय स्थायित्वमा प्रभाव पर्ने बेलामा मात्रै सेयरसँग सम्बन्धित बुँदा चलाउने प्रष्टीकरण दिएसँगै सोमबारको बजार लयमा फर्किएको हो ।

बजारमा हालसम्मकै उच्च बिन्दूको गिरावट आएपछि संसदिय समिति देखि लगानीकर्ताका संघ संगठनहरुसम्मले राष्ट्र बैंकका अधिकारीहरुसँग छलफल गरेका थिए ।

बैंकले आइतबारनै सेयर धितो कर्जाको सीमा घटाइनसकेको र सरोकारवालासँग छलफल नगरी निर्णय नलिने बताएपछि सोमबारको बजार पुनः हरियाली भएको हो ।

आइतबार १९७ कम्पनीको ७ अर्ब २० करोड ९१ लाख ८० हजार रुपैयाँको कारोबार भएको थियो । सोमबार भने २०६ कम्पनीको ६ अर्ब ६६ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

आइतबार १९७ कम्पनीको ७ अर्ब २० करोड ९१ लाख ८० हजार रुपैयाँको कारोबार भएको थियो । सोमबार भने २०६ कम्पनीको ६ अर्ब ६६ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?