काठमाडौं- बेलायतमा आम मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम अन्तगर्त पहिलो डोज लगाइएको छ । एक ९० वर्षीया महिलामा सो खोप लगाएर उक्त कार्यक्रम थालनी गरिएको हो ।
मारर्गरेट कीनान नामकी ती महिलाको अर्को हप्ता जन्म दिन भएको र उहाँले आफ्नो जन्मदिनको पहिलो उपहारका रुपमा खोप आएको बताउनुभयो ।
फाइजर बायो टेकले विकास गरेको कोरोनाविरुध्दको सो खोप पहिलो चरणमा आठलाख डोज सर्वसाधारणलाई लगाउने कार्यक्रम रहेकाे बीबीसीले जनाएकाे छ ।