Sunday, September 8, 2024

ट्रेन्डिङ :

वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारी ठहर

काठमाडौं : मंसिर २७, विशेष अदालतले वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेलाई भ्रष्टाचारी ठहर गरेको छ । विभागका महानिर्देशक रहँदा पाण्डे म्यानपार कम्पनीसँग १० लाख घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।

विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको इजलासले पाण्डेसहित तीनजनालाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित विभागकै शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा पाण्डे २०७४ कात्तिक २८ गते पक्राउ परेका थिए । अख्तियारले महानिर्देशकसहित तीन कर्मचारीविरुद्ध पुस ४ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै कालोसूचीमा परेको म्यानपावर कम्पनीलाई फुकुवा गर्न १० लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले उनीहरुलाई पक्राउ गरी मुद्दा दर्ता गरेको थियो ।

विशेषबाट उनीहरु घुस बराबरको रकम बराबर धरौटीमा छुटेका थिए । विशेषले अन्तिम फैसला सुनाउँदै सबैलाई भ्रष्टाचारी ठहर गरेको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?