Sunday, September 8, 2024

ट्रेन्डिङ :

देउवाको बहिष्कारपछि संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं : मंसिर २८, काठमाडौं । आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । विपक्षी दलका नेता शेरवहादुर देउवा बैठकमा नआउने भएपछि बैठक रोक्नुपरेको हो । बैठक आज बिहान ९ बजेका लागि तय गरिएको थियो । स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए । पार्टीभित्रको विवाद यथावत् रहेको अवस्थामा बैठक स्थगित गर्न प्रधानमन्त्रीलाई पार्टी भित्रैबाट पनि दबाब थियो ।

त्यस्तै कांग्रेस सभापति देउवालाई पनि बैठकमा नजान पार्टीभित्र दबाब थियो । भोलि सरकारविरूद्ध देशव्यापी विरोध प्रदर्शन राखिएकाले परिषद्को बैठकमा सहभागी भएर भागबन्डा गर्न नहुने र त्यसले गलत सन्देश जाने कांग्रेस नेताहरुको तर्क छ । यसअघि पनि देउवा अनुपस्थित हुँदा संवैधानिक परिषद्को बैठक प्रभावित हुँदै आएको थियो । परिषद्को बैठक नबस्दा ४५ भन्दा बढी संवैधानिक पदहरू पूर्ति हुन सकेको छैन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?