Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

सत्तारुढ नेकपाको द्वन्द्धको साइडईफेक्ट, राष्ट्रपति भण्डारीले जारी गरिन् अध्यादेश

spot_img
spot_img
spot_img

काठमाडौ : मंसिर ३०, सरकारले रिक्त रहेका संवैधानिक निकायहरूमा पदपूर्तिका लागि अध्यादेश जारी गरेको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गराएकी हुन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद् बैठक स्थगित भएपछि आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए ।

राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले विज्ञप्ती जारी गरी नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेको जानकारी दिएका छन् । राष्ट्रपति भण्डारीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन अध्यादेश २०७७) जारी गरेकी हुन् । विभिन्न संवैधानिक निकायका ४५ पदपूर्तिका लागि २ पटक सम्म गणपूरक संख्या नपुगेर स्थगित भएसँगै प्रधानमन्त्री ओलीले अध्यादेशको सहयोग लिएका हुन् । प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

अध्यादेश जारी भएपछि बहुमत सदस्यको उपस्थितिमा संबैधानिक परिषदको बैठक बस्न सक्ने भएको छ । आज विहान सभामुख अनुपस्थित हुँदा बस्न नसकेको संबैधानिक परिषदको बैठक आजै साँझ पाँच बजे बोलाइएको छ । सत्तारुढ नेकपाभित्र देखिएको द्वन्द्धको असरको रुपमा यो अध्यादेशलाई लिइएको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?