Sunday, September 8, 2024

ट्रेन्डिङ :

चीनले १० लाखलाई लगायो कोरोनाको खोप, साईड इफेक्ट शुन्य

काठमाडौं । अमेरिका र बेलायतले कोरोना विरुद्धको भ्याक्सिन लगाउन सुरु गरेसँगै चीनले पनि आफैं तयार पारेको भ्याक्सिन सर्वसाधारणलाई लगाउन सुरु गरेको छ ।

चीनका भ्याक्सिन स्टेट काउन्सिलका प्रमुख झेंगका अनुसार चीनका १० लाख जनालाई भ्याक्सिन लगाइएको र यसमा कुनै त्रुटी भेटिएको छैन ।

केही व्यक्तिलाई सामान्य असर गरेपनि यसले गम्भीर असर नगरेका कारण अब चीनका हरेक नागरिकलाई भ्याक्सिन उपलब्ध गराइने झेंगको भनाइ छ ।

भ्याक्सिन लगाइएका १० लाख मध्ये ६० हजार कोरोना भाइरसको उच्च जोखिममा रहेका व्यक्तिहरु रहेकोमा एकाधलाई केही असर देखिएको बताइएको छ ।

चीनमा हाल तीन कम्पनीले भ्याक्सिन तयार पारिरहेको छ । जसमा सिनोफार्म एण्ड सिनोभ्याकले तयार पारेको भ्याक्सिन चीनबाहेक अन्य राष्ट्रहरुमा पनि ट्रायलको रुपमा रहेको छ ।

युएई, ब्राजिल, टर्की, इन्डोनेशिया, बहराइनमा पनि चीनको सिनोफार्म एण्ड सिनोभ्याकले तयार पारेको भ्याक्सिन ट्रायलको रुपमा प्रयोग गरिएको छ ।

विश्वमा फाइजर र मोर्डनाको भ्याक्सिन प्रयोगमा आइरहेकोमा चीनले यो भ्याक्सिनले पनि मान्यता पाउने दाबी गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?