Sunday, September 8, 2024

ट्रेन्डिङ :

थप ६०७ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं : पौष १०, नेपालमा थप ६ सय सात जना मानिसमा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय सात जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको कुल संख्या दुई लाख ५७ हजार दुई सय पुगेको छ । पछिल्लो २४ घण्टामा आठ सय ९२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ४८ हजार दुई सय ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार आठ सय १६ पुगेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?