Tuesday, January 14, 2025

ट्रेन्डिङ :

नेकपा फुटेपछि चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री येझाउ नेपाल आउँदै

spot_img
spot_img
spot_img

काठमाडौं : पौष ११, चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आउने भएका छन् । उपमन्त्री गुओ आइतवार काठमाडौं आइपुग्ने समाचारमा जनाइएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेको बेला हुन लागेको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका शीर्ष नेताहरुलाई भेटेर उपमन्त्री गुओको भ्रमणको बारेमा जानकारी गराएकी थिइन् । यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, शुक्रबार अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पूर्व सभामुख कृष्णबहादुर महारासँग भेटघाट गरेकी थिइन् । उपमन्त्रीसँगै एक प्रतिनिधि मण्डल आइतबार काठमाडौँ आउनेछ । गुओ यसअघि सन् २०१८ मा पनि नेपाल आइसकेका छन् । गत महिना चिनियाँ रक्षामन्त्री वेई फेङ्हेले नेपाल भ्रमण गरेका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?