Sunday, September 8, 2024

ट्रेन्डिङ :

संसद विघटनविरुद्ध काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने प्रचण्ड-नेपाल समूहको दाबी

काठमाडौं : पुस १४, प्रतिनिधि सभा विघटनकाे विराेधमा नेकपा (प्रचण्ड-माधव समूह)ले आज देशव्यापी विरोध प्रदर्शन गर्दै छ । मंगलबार काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुस निकालिने बताइएकाे छ ।

यस समूहले संघीय राजधानी काठमाडौंमा करिब ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ । बिहान ११ बजेदेखि उपत्यकाका  नयाँबानेश्वर, लैनचौर, टेकु, कुपन्डोल, चाबहिल, मैतीदेवी र नक्शाल लगायत विभिन्न क्षेत्रबाट जुलुस सुरु हुने जनाइएकाे छ । जुलुसहरू भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जनाइएकाे छ ।

यसैगरी मजदुरहरूकाे जुलुस रत्नपार्कबाट र त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थीहरू जुलुस समेत सुरू हुनेछ । युवाहरूकाे जुलुस भने बागबजारबाट सुरू हुनेछ । साथै उपत्यका आसपासका जिल्लाहरूबाट हुने प्रदर्शन पनि काठमाडौंमा नै केन्द्रित गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर संसद विघटन गरेकाे भन्दै प्रचण्ड-माधव समूह आन्दाेलनमा उत्रिएकाे हाे । यस समूहले असली नेकपा आफू भएकाे र बहुमत केन्द्रीय सदस्यहरू यसै समूहमा रहेकाे दाबी गरेकाे छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?