Sunday, September 8, 2024

ट्रेन्डिङ :

सुदुरपश्चिममा पुषे पन्ध्र मनाइँदै

दार्चुला : पुस १५, सुदुरपश्चिम प्रदेशमा आज पुषे पन्ध्र पर्व मनाइँदै छ । पुषे पन्ध्रमा लाेककथाहरु सुन्ने/सुनाउने गरी राति अबेरसम्म रमाइलाे गर्दै जाग्राम बस्ने चलन रहेको छ ।

आजको दिन तरुल, सखरखण्ड, फर्सी, पिँडालु, चाखु/सख्खर र माडा लगायत परिकार खाँदै जीउ तताउने गरिन्छ । त्यस्तै आजको दिनमा वनपूजा पनि गरिन्छ । प्राय: गाउँठाउँमा वनमै गएर सेल, पुरी, झँजे (चामलको पिठोबाट बनाईने परिकार) आदि मिष्ठान्न पक्वानहरु पकाएर दिनभरि नै रमाइलाे गर्ने गरिन्छ । साथै आज वनजङ्गलमा काम नगर्ने र वञ्चरो, हँसिया, बनारो (घाँसपात, दाउरा बान्ने रसी) लगायतका सामाग्रीको पूजा समेत गरिन्छ ।

याे चाड पनि सूर्यकाे किरणसँग सम्बन्धित छ । पुष १५ पछि दिन लामाे हुँदै जाने र रात छाेटिँदै जाने तथा सूर्यकाे उत्तरायण गति सुरु भएर धरतीमा तापमान बढ्दै जाने विश्वास गरिन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?