काठमाडौं, पुस १७ । श्रम स्वीकृति दिने व्यवस्था सरकारले अनलाइनमार्फत गरेको छ । श्रमविभागले आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति दिने तयारी गरेसँगै कार्यालया धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ । श्रमविभागव्यवस्था अनुसार पहिले नै श्रम स्वीकृति लिएका र पुन लिन इच्छृकनेपाली नागरिकले श्रम विभागको वेबसाइट हेरेर अनलाइनबाट आवेदन दिई श्रम स्वीकृति लिन सक्ने छन् ।
यसका लागि श्रमिकले आवश्यक कागजपत्रसहितको प्रक्रिया भने अनलाइनबाट पूरा गर्नुपर्ने छ । जहाँ छ सोहि मुलुकबाट आवेदन दिन विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिनुभयो । एकपटक विभागबाट आईडी लिएका, फिंगर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिहरुलाई पुरानै विवरणको आधारमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइकाले अनलाइनबाटै आवेदन दिएर निःशल्क सेवा लिन सकिने