Friday, October 18, 2024

ट्रेन्डिङ :

ट्रम्पका समर्थकद्वारा तारबार भत्काएर संसद भवन तोडफोड, एक महिलाको मृत्यु

एजेन्सी : पुुुस २३, अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले सुरक्षा तारबार भत्काएर संसद भवन छिरेर तोडफोड गरेका छन् ।  अमेरिकी राष्ट्रपति जो बाइडेन विजयी भएको घोषणा गर्न संसद बसिरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेका थिए ।

उनीहरूले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै त्यहाँका झ्यालढोकामा तोडफोड गरेका थिए । प्रदर्शनकारी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेका छन् । साेहि क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना महिलाको मृत्यु भएको छ ।

संसद सदस्यहरुले गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने क्रम सुरु गरेका बेला हतियारधारी ट्रम्पका समर्थकले प्रदर्शन तथा आक्रमण गरेका हुन् ।

भीड अनियन्त्रित हुँदै गएपछि उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलोसीलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लिएका थिए । परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना महिलाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ।

वासिङ्टनका मेयर मुरियल बोउसरले सहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेका छन् । बाइडेन राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने प्रक्रिया केही समयका लागि स्थगित भएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?