Wednesday, January 15, 2025

ट्रेन्डिङ :

ट्रम्पविरुद्ध अमेरिकी संसद्‍मामा महाभियोग प्रस्ताव पेस

spot_img
spot_img
spot_img

काठमाडौं : पौष २८, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसद्‍मा महाभियोग प्रस्ताव पेस भएको छ । ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा डेमोक्रेटिक पार्टीले महाभियोग प्रस्ताव पेस गरेको हो । महाअभियोग प्रस्तावमा ट्रम्प अमेरिकी संसद्‍मा भएको हिंसा भड्काउन सक्रिय रुपमा लागेको उल्लेख गरिएको छ । यता राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाएर हटाउन सभामुख नान्सी पेलोसीले जोड दिएकी छिन् । डेमोक्रेटिक पार्टीले राष्ट्रपति ट्रम्पले विद्रोह गरेको र भीडलाई हिंसात्मक क्रियाकलाप गर्न उक्साएको उल्लेख गर्दै महाभियोग वा अमेरिकी संविधानको २५औं संशोधनबाट पदबाट हटाउनुपर्ने बताउँदै आएको छ ।

यस्तै ट्रम्पको कार्यकाल सकिनुभन्दा ८ दिनअघि संसद्मा महाभियोग प्रस्ताव पेस भएकाले पनि यो प्रक्रिया पूरा हुन्छ हुँदैन भन्नेमा भने शंका व्यक्त गरिएको छ । पछिल्लो पटक पनि ट्रम्पले महाभियोग सामना गरेका थिए । तर उनीविरुद्धको महाभियोग प्रस्ताव पास भएको थिएन । अमेरिकी संविधानमा उल्लेख गरिएअनुसार ट्रम्पलाई महाभियोग लगाएर हटाउनका लागि संसद्मा मतदान हुनुपर्छ । त्यसमा अमेरिकी संसद्को दुई तिहाई मतले उनीविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्नुपर्नेछ । त्यसका लागि ट्रम्पकै पार्टी रिपब्लिकनका अधिकांश सांसदहरुले पनि उनीविरुद्ध मत दिनुपर्ने अवस्था आउनेछ ।

यदि उक्त प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाअभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन् । त्यो सम्भव हुनका निम्ति महाअभियोगको आरोप तल्लो सदनबाट पारित हुनुपर्नेछ । तल्लो सदनबाट पारित भएपछि मात्र उक्त प्रस्ताव सिनेटमा जानेछ, जहाँ राष्ट्रपतिलाई हटाउन दुईतिहाइ मत आवश्यक पर्दछ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?