काठमाडौं : माघ ४, अत्याधिक चिसोको कारण तराईको जनजीवन नराम्ररी प्रभावित भएको छ । तराईक अधिकाश जिल्लामा घाम नलाग्नुका साथै बाक्लो कुहिरो र शीतलहर चलिरहेको छ । लगतारको शीतलहर र चिसोका कारण स्थानीयवासी अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन गाह्रो भएको छ ।
अत्याधिक चिसोका कारण गरीब तथा विपन्न परिवारको दैनिकी निकै कष्टकर बनेको छ । गरिबीको कारण न्याना लुगाहरुको व्यवस्था गर्न नसक्दा उनीहरु परालको आगोको तापेर जाडोबाट बच्न कोशिस गरिरहेका छन् ।
जिल्लाभर रहेका विपन्न परिवारलाई यतिखेर चिसोबाट आफू र आफ्ना परिवारलाई कसरी जोगाउने भन्ने तनाव रहेको छ । गरिबीको कारण दुई छाक खान पनि मुस्किल परिरहेको अवस्थामा न्याना कपडाहरु किन्न सक्ने क्षमता आफूहरुमा नरहेकाले परालको आगोको सहायताले जाडो कटाउनु परेको स्थानीय बताउँछन् ।