Friday, September 20, 2024

ट्रेन्डिङ :

नेपाललाई अनुदानमा १० लाख खोप दिने सिरम इन्स्टिच्युट अफ इण्डियामा भीषण आगलागी

नेपाललाई कोभिड–१९ (कोरोना) विरुद्धको खोप उपलब्ध गराउने भारतको महाराष्ट्रस्थित पुणेमा रहेको सिरम इन्स्टिच्युट अफ इण्डियामा आगलागी भएको छ । 

आगलागी के कारणले भएको हाे भन्नेबारे खुल्न नसकेको छैन भने अहिले आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउनका लागि १५ वटा दमकल प्रयझग गरिएको छ । गत वर्ष मात्र उद्घाटन गरिएको इन्स्टिच्युटको नयाँ प्लान्टमा आगो लागेको हो । 

प्लान्टभित्र कति जना फसेका छन् भन्नेबारे जानकारी आइनसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
यो इन्स्टिच्युटले कोभिड विरुद्धको खोप उत्पादन गर्दै आएको छ । त्यहीबाट उत्पादन भएको खोप भारतले विभिन्न देशमा पुर्याएको छ । आजैमात्रै नेपालमा पहिलो खेप भ्याक्सिन ल्याइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?