काठमाडौं : माघ १०, प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा कस्तो हुन्छ भन्ने कुरा आफूले माघ २३ गते देखाइदिने बताएका छन् । शुक्रबार दाहाल–नेपाल समूहले गरेको विरोध प्रदर्शनतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहको भेलालाई साँघुरो गल्लीमा जम्मा गरेको भीडको संज्ञा दिए । साँघुरो गल्लीमा केही मान्छे जम्मा गर्दैमा आमसभा हुँदैन, आमसभा कस्तो हुन्छ भन्ने माघ २३ गते आफुहरुले देखाउने ओलीले बताए । शुक्रबार काठमाडौंमा पेसागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा कुनै पनि हालतमा पुनस्र्थापना नहुने भन्दै निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिए ।