Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

ओलीको सरकार अपराधीको संरक्षक : शेखर कोइराला

spot_img
spot_img

काठमाडौं : माघ १६, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्ती केपी ओलीको सरकार अपराधीको संरक्षक भएको आरोप लगाएका छन् । रातो पासपोर्ट काण्डमा सर्वोच्च अदालतले दोषी ठहर गरेका सर्लाहीका शिवपुजन राय र प्रहरीको ‘फरार सूची’मा रहेका जनमुक्ति सेनाका पूर्वकमान्डर कालिबहादुर खाम जस्ता व्यक्तिलाई उन्मुक्ति दिने सरकारको निर्णयले यसको पुष्टि गरेको कोईरालाको ठहर छ ।

‘प्रधानमन्त्री ओलीले खामलाई बालुवाटारमै भेट्नु र शिवपुज राय जस्ता अदालतले अपाराधी घोषीत गरेकै कारण गत निर्वानमा भाग लिन नपाएका ब्यक्तिलाई पार्टी प्रवेश गराएर उन्मुक्तिको निर्णय गर्नुले वर्तमान सरकार कति कमजोर र अराजक छ, पुष्टि गर्छ कोईरालाले भने । साईवर सेना लगाएर जनताको बोल्न पाउने अधिकारमा सरकारले अंकुस लगाएको कोईरालाको आरोप छ ।

आफ्नो मिहिनेत र पसिनाको मूल्य माग्न राजधानी गएका सर्लाहीका किसानको पक्षमा केहिगर्न नसक्ने वर्तमान सरकार किसान मारा रहेको कोईरालाको आरोप छ । प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलनमा रहेको कांग्रेस ,सर्वोच्च अदालतको निर्णयको प्रतिक्षामा रहेको कोईराले बताए । ने

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?