Friday, September 20, 2024

ट्रेन्डिङ :

किसान आन्दोलन थेग्न नसकेर भारत सरकारले बन्द गरायो इन्टरनेट सेवा

एजेन्सी : माघ १८, भारतको दिल्लीमा आन्दोलनरत किसानहरुलाई लक्षित गरि इन्टरनेट सेवा काटिएको छ । दिल्लीमा किसानहरुले पकड जमाएको मुख्य तीन ठाउँमा सरकारले मोबाइल इन्टरनेट सेवा काटेको हो । आम सुरक्षा मजबुत बनाउन इन्टरनेट सेवा काटिएको र यो आज मध्यरातसम्म जारी रहने जनाइएको छ । दिल्लीको सिङ्घु, गाजीपुर र टिक्री जिल्लामा मोबाइल इन्टरनेट अवरुद्ध पारिएको हो ।

दिल्लीमा हजारौं किसानहरु महिना दिनभन्दा अघिदेखि आन्दोलनरत छन् । सरकारले हालै सार्वजनिक गरेको कृषि कानुन फिर्ता लिनुपर्ने उनीहरुको माग छ । विदेशी ठूला लगानीकर्तालाई आकर्षित गर्नेगरि सरकारले ल्याएको कानुनले पुस्तौदेखि परम्परागत कृषि पेशामा जीवन धान्दै आएका करोडौं किसानहरु विस्थापित हुने किसानहरुको तर्क छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?