काठमाडौं : माघ २१, अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले यस वर्षको अन्तिममा प्रमुख कार्यकारी पद (सिइओ) बाट राजिनामा दिने घोषणा गरेका छन् । बेजोसले आउने जुलाई १ देखि अब कार्यकारी अध्यक्षको भूमिकामा नरहने बताएका छन् । अबको अमेजनको सिइओ एन्डी ज्यासी हुने छन् । बेजोस अमेजनको स्थापनाकालदेखि नै सिइओको रुपमा कार्यरत थिए । बेजोसले १९९५ मा अमेजन खोलेका थिए । अहिले यसको बजार मूल्य १७ अर्ब डलर पुगेको छ ।
बेजोसले कोरोना भाइरसको महामारीबीच ७२ अर्ब डलर सम्पत्ति जोडेका थिए । उनी २०२० को सुरूमा पनि संसारका सबैभन्दा धनी व्यक्ति रहेका थिए । बेजोसले राजीनमा दिने घोषणा गरेपनि अमेजनको सेयरमा भने गिरावट आएको छैन् । केही समय अघि बेजोसको सम्पत्ति २ सय अर्ब डलरभन्दा माथि थियो भने, अहिले सम्पत्ति १८७ अर्ब डलर छ।
एजेन्सी ।