Sunday, September 8, 2024

ट्रेन्डिङ :

प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक निर्णय अदालतले गर्छ: निधि

२६ माघ, वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज वीरगञ्जमाआयोजित पत्रकार सम्मेलनमा नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा संकट आएको जनाउँदै समाधानका लागि प्रतिनिधिसभा पुनर्स्थापना या निर्वाचनमा जानुपर्ने बताए ।

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा पूर्वउपप्रधानमन्त्री निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्ने बताए । उनले कांग्रेस मात्र नभएर नेपाली जनता र राजनीतिक दलको एउटै उद्देश्य भनेको प्रतिनिधिसभा निर्वाचन भएको जनाउँदै यसका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न पार्टी तयार रहेको बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?