Sunday, September 8, 2024

ट्रेन्डिङ :

नेपाल सरकारद्वारा बिभिन्न मन्त्रालयका सचिवहरुको सरुवा

काठमाडौं- सरकारले सचिवहरुको सरुवा गरेको छ । जसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलमा दुबै सचिवहरुको ल्याइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग सचिवमा अर्जुन पोख्रेल र वाणिज्य तथा आपूर्ति सचिवमा दिनेश भट्टराईलाई सरुवा गरेको हो । मन्त्रालयमा सचिवहरुको जिमेमवारी हेरफेर भएको मन्त्रालयका प्रवक्ता डा नारयाण प्रसाद रेग्मीले बताए ।

तत्कालिन उद्योग सचिव चन्द्र घिमिरेको अवकास पछि उद्योग सचिवको पद एक महिनादेखि रिक्त थियो । लोकसेवा आयोगमा सचिवको जिममेवारीमा रहेका पोख्रेललाई सरकारले उद्योगको जिम्मेवारीमा ल्याएको हो । यस्तै सचिव वाणिज्य तथा आपूर्ति सचिवको नयाँ जिम्मेवारीमा दिनेश भट्टराई आएका छन् । गत वर्षमात्रै सचिवमा बढुवा भएका भट्टराई यस अघि सोही मन्त्रालयको औधोगिक प्रवद्र्धन महाशाखाका प्रमुख र प्रवक्ताको जिम्मेवारीमा थिए ।

सचिव बढुवापछि प्रदेश एकको प्रमुख सचिवको रुपमा सरुवा भएका भट्टराईलाई वाणिज्य तथा आपूर्तिमा ल्याइएको हो । झण्डै १८ महिनादेखि वाणिज्य तथा आपूर्ति सचिवको जिम्मेवारीमा रहेका डा. बैकुण्ठ अर्याल भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?