Sunday, September 8, 2024

ट्रेन्डिङ :

कोरोना विरुद्धको चिनियाँ खोपलाई नेपालमा प्रयोगका लागि अनुमति

काठमाडौं : फागुन ६, नेपालले चिनियाँ कम्पनीले विकास गरेको कोरोना भाइरसविरूद्धको सिनोफार्म नामक खोपलाई आपतकालीन प्रयोगका लागिअनुमति दिएको छ। बुधबार औषधि व्यवस्था विभागले सूचना जारी गर्दै चिनियाँ कम्पनी बेजिङ इन्स्टिच्युट अफ बाइलोजिकल प्रोडक्टले विकास गरेको उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जनाएको छ। यो खोपको विश्वसनीयता ७९ प्रतिशतसम्म रहेको बताइएको छ। यसअघि भारतको सेरम इन्स्टिच्युटले निर्माण गरेको कोभिसिल्डु नामक खोपलाई नेपालले अनुमति दिइएको थियो। उक्त खोप नै नेपालमा अनुमति पाएको पहिलो खोप हो। सरकारले अहिले खोप अभियानमा प्रयोग गरेको खोप पनि कोभिसिल्ड नै हो। भारतले १० लाख डोज खोप अनुदानमा नेपाललाई दिएको थियो । सरकारले भने थप २० लाख डोज खोप भारतबाट खरिद गरी ल्याउने जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?