Sunday, September 8, 2024

ट्रेन्डिङ :

विप्लवसँग वार्ता हुने भएपछि केही मानिस छटपटाए : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपासँग सरकारले वार्ता गर्ने भएपछि केही मानिस छटपटाए बताएका छन् । आइतबार दहचोकमा पाँचौ इन्द्रदह पर्यटन महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल समहका अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै आफूतिर आउनुपर्नेमा सरकारतिर गयो भनेर केही मान्छे छटपटिएको भन्दै ब्यंग्य गरे । ओलीले भने, ‘सरकारसँग वार्ताका लागि तयार छु भनेर विप्लवले हिजो विज्ञप्ति निकालेछन्, कतिपयलाई छटपटी भएको छ, लौ हामीतिर आउँछ की भनेको सरकारतिर पो गयो भनेर उनीहरूलाई छटपटी भएको हो ।’

ओलीले आफूले पृथकतावाद र हिंसातर्फ लागेकाहरुलाई शान्तिपूर्ण राष्ट्रिय मूलधारमा ल्याउने अभियानमा सफलता पाउँदै गएको बताए । सरकारलाई अवरोध गर्ने व्यक्तिहरु पार्टीबाट बाहिरिएपछि बल्ल देश र जनताको पक्षमा उल्लेखनीय काम अघि बढाउन सहज भएको ओलीले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?