Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

मुक्त कमैयाहरुले पुर्जा पाए, जग्गा पाएनन्

spot_img
spot_img

बर्दिया : फागुन १५, बर्दियाका मुक्त कमैयाहरुले जग्गा धनी पुर्जा पाए पनि जमिनको उपभोग भने गर्न पाएका छैनन् । सरकारले हचुवाका भरमा दिएको जग्गा धनी पुर्जा बोकेका अधिकांश मुक्त कमैयाहरुको जग्गा सुकुम्वासीहरुले दशकौदेखि जोतभोग गर्दै आइरहेका छन् । बर्दियाका मुक्त कमैयालाई बसोवास गर्न सरकारले हचुवाका भरमा दिएको जग्गा धनी पुर्जाले अधिकांश मुक्त कमैयाहरु समस्यामा परेका छन् । गेरुवा गाँउपालिका– ५ बन्जरियाका १० घर मुक्त कमैयासँग पुर्जा त छ तर उनीहरुले जमिन उपभोग गर्न भने पाएका छैनन् । उनीहरुको जग्गा भुमिहीन सुकुम्वासीले दशकौदेखि जोत भोग गर्दै आइरहेका छन् ।

सरकारले मुक्त कमैयाका प्रत्येक परिवारलाई दुई स्थानमा गरि ५ ५ कट्ठा जग्गा दिएकोमा एक ठाँउमा उनीहरु बसेको तर अर्को ठाँउको जग्गा जोत भोग गर्न नपाएको मुक्त कमैया छल्लु थारुको भनाइ छ । स्थानीय सरकारले एक पक्षबाट बहाल कर लिने र अर्को पक्षबाट राजस्वको नाममा रकम लिँदै आएको छ ।

पीडित पक्षहरुले आफुकहाँ समस्या लिएर आएको तर स्थानीय सरकारले केही गर्न नसक्ने भन्दै भुमिसुधार कार्यालयमा पठाएको गेरुवा गाँउपालिकाका उपाध्यक्ष हिम कुमारी थरुनीले बताए । स्थानीय सरकारकोमा जाँदा भुमिसुधार कार्यालय पठाउने तर भुमिसुधार कार्यालयमा जाँदा स्थानीय सरकारकोमा पठाउने गर्दा दोहोरो मारमा छन् यहाँका मुक्त कमैया । भुमि सम्बन्धि समस्या समाधान आयोगले अहिले भुमिहीनहरुको लगत लिने कार्य गरिरहेको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?