Sunday, September 8, 2024

ट्रेन्डिङ :

झापामा भयानक सवारी दुर्घटना : २ को मृत्यु, ४ जना घाइते

झापा : फागुन १९ । झापाको कनकाई नगरपालिका ४ कोटिहोमस्थित पूर्वपश्चिम राजमार्गमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । कोटोहोम नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग्यास बोकेको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरित दिशातर्फ जादै गरेको कार र मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी कार चालक दिपक क्षेत्री र कारमा सवार दिलिप रानामगरको मृत्यु भएको हो । गंभीर घाइते भएका दुवै जनाको बिएण्डसी हस्पिटलमा उपचारको क्रममा ज्यान गएको हो त्यस्तै ४ जना घाइते भएका छन् । कारमा सवार मृतक मगरकी श्रीमती अन्जु मगर,सुरेश मगर, मोटरसाइकल चालक झापा शिवसताक्षी बस्ने ज्ञानबहादुर कसाई र मोटरसाइकलमा सवार सोनम श्रेष्ठ घाइते भएका छन् ।उनीहरुको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक फरार छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?